खाने तेल

दैनिक उपभोग्य वस्तुको सूचीमा पर्ने खानेतेलमा अचाक्ली मूल्यवृद्धि भएपछि सरकारले छुट दिने भएको छ । दशैं तिहार र छठलाई लक्षित गर्दै सरकारले सहुलियत पसलबाट खानेतेलमा उपभोक्तालाई छुट दिने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायले दशैं तिहार र छठमा ३९ जिल्लाका ४३ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने छन् । २ महिनासम्म चल्ने ४३ वटा सहुलियत पसलमार्फत खानेतेलको मूल्यमा उपभोक्तालाई छुट दिने मन्त्रालयले बताएको छ ।

मन्त्रालयको निर्णयअनुसार उपभोक्ताले सहुलियतपूर्ण पसलबाट दशैं तिहारमा तोरी र सूर्यमुखी तेल किन्दा प्रतिलिटर ५ रुपैयाँ छुट पाउनेछन् । यसका साथै, भटमासको तेलमा उपभोक्ताले प्रतिलिटर १० रुपैयाँ छुट पाउने समेत मन्त्रालयले बताएको छ ।

यस्तै, दशैं तिहारमा सरकारी कम्पनी खाद्य व्यापार तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गर्ने सहुलियत पूर्ण पसलमा सिधै उद्योगबाट खानेतेल ल्याउने र छुटमा बिक्री गर्ने निर्णय भएको छ । पछिल्लो समय खानेतेलको मूल्यमा प्रतिलिटर ३५ रुपैयाँसम्म वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!