अख्तियारमुद्दासर्लाही
फाइल तस्बीर ।

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंकको सर्लाहीस्थित मलंगवा शाखाका कर्मचारीविरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले लालबन्दी नगरपालिकाको भवन बनाउन ठेक्का दिंदा ठेकेदारलाई नक्कली अग्रिम जमानतको आधारमा भुक्तानी गरेको आरोपमा बैंकका सहायक कर्मचारी सन्तोषविक्रम शाहसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

शाहले अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

सोही कार्यमा अख्तितयारले भुक्तानी नक्कली जमानत तयार पारेको आरोपमा लोकबीर बेताली/ पाँच कुमारी जेभीका साझेदार तथा ठेकेदारहरु अनिल गुप्‍ता र शिवनन्दन पासवानविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध ४२ लाख रुपैयाँ विगो मागदावी पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!