नेपाली बजारमा हुन्डाइका गाडीहरूको मूल्य साउन १७ गतेदेखि बढ्ने भएको छ। 

नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि (लक्ष्मी हुन्डाइ) ले साउन १७  देखि गाडीको मूल्य समायोजन गर्ने जानकारी दिएको हो। 

साउन १६ गतेभित्र सस्तो मूल्यमा खरिद गर्न कम्पनीले आग्रह गरेको छ। 

‘साउन १६ गतेसम्म ग्राहकले खरिद गरे समायोजनअघिको मूल्यमा पाइने छ।

त्यसैले हामी यसको फाइदा लिन चाँडै नै आफ्नो मनपर्ने हुन्डाइ गाडी खरिद गर्न प्रोत्साहित गर्छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय