सिरहा । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ ।
सिरहा सदरमुकामको एक होटलबाट विहिवार साँझ ब्राउन सुगर सिरहा नगरपालिका–६ बसपिट्टाका भुटाई भन्ने आमोद यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ब्राउन सुगर सहित होटलमा पुगेको खबर पाएपछि खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको छ भने अर्का एक जना फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई प्रतिबन्धित ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसंधान थालिएको प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताएका छन् ।



