जनकपुरधाम । अनुमति नलिई कमला खोलामा उत्खनन् गर्ने आठवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा–सिरहा जोड्ने कमला खोलामा जथाभाबी तथा अनुमति नलिएर उत्खनन् गरिरहेका सातवटा टिपर एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती सवारी साधन लिएर पूर्व–पश्चिम बाटो बनाउन चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप लिमिटेड कम्पनीका लागि खोलामा गिट्टी र वालुवा उत्खनन भइरहेको थियो । ती निर्माण व्यवसायीले पालिकासँग अनुमति नलिएको पाइएको छ ।

गणेशमान चारनाथ नगरपालिका ५ कमला खोलामा उत्खनन गर्दै दर्ता प्रहरीले पक्राउ गरी आज जिल्ला समन्वय समितिमा बुझाउने तयारी गरेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतकाअनुसार ना ८ ख६१२४, ना८ ख ८३७४, प्रदेश २–०१–००२ ख ००८५८, प्रदेश २–०१–००१ ख ००५९, प्रदेश २–०३–००१ ख ५०८४, प्रदेश २–०१–००१ ख ०१११, प्रदेश २–०३–००१ ख ३२२७ र सीआरईजीई ३०३ नम्बर प्लेटको स्काइभेटर नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय