गाँजामकवानपुर

मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भिमफेदी गाउँपालिका-२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।

प्रहरीले थाहा नगरपालिका-२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार साँझ ६ बजे पालुङबाट हेटौंडा जाँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडीमा गाँजा फेला परेको हो।

प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय