दाङनेपाल प्रहरी

दाङ । दाङमा चोरी भएको गहनासहित दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका– १ भालुबाङ बस्ने देबी क्षेत्रीको घरबाट चोरी भएको गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भालुबाङकै १८ बर्षीय बसन्त खत्री र २३ बर्षीय खेमराज चौधरी छन् ।

पक्राउ परेका दुईजनाबाट सुुनको बाला ५ थान, मंगलसुुत्र २ थान, सुनको सोली ४ थान, चाँदीको सिक्का एक थान, ३९ हजार ५ सय नगद र एक थान मोबाइल बरामद भएको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

क्षेत्रीको घरको पूजा कोठामा झोलामा राखेको गरगहना, नगद, रकम र मोबाइल चोरी गरेको निवेदन परेको इलाका प्रहरी कार्यालय भालुबाङमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!