
एक महिलामाथि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले रोल्पा नगरपालिकाका शाखा अधिकृतलाई पक्राउ गरेको छ।
प्रहरीले बलात्कार गरेको आरोपमा सुशील थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए।

पीडित महिला सशस्त्र प्रहरी बलकी सहायक प्रहरी हवल्दार हुन्।
उनलाई थापाले विवाहको प्रलोभनमा परी शारीरिक सम्पर्क राखेको तर पछि विवाह नगरी जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
जाहेरीपछि प्रहरीले उनलाई गत सोमबार रोल्पाबाट पक्राउ गरेको प्रहरी निरीक्षक थापाले बताए। कार्यालयमा गत शुक्रबार जाहेरी परेको थियो।
प्रहरीले म्याद थप गरी थप अनुसन्धान अघि बढाएको बताएको छ।