वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज १० का २८ वर्षीय चन्दन कुमार साह र सोही स्थानका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् ।

उनीहरुलाई आइतवार दिउँसो ३ बजे घण्टाघरबाट आदर्शनगर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । पूर्व सूचनाको आधारमा खानतलासी गर्दा चन्दनले बोकेको झोलाबाट उक्त रकम बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।



