गाँजागाँजा बरामद

रौतहट । रौतहटमा प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–४ मा ट्रक चेकजाँचका क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गौर–चपुर सडक खण्डमा रोकी राखेको ना६ख ५९४३ नम्बरको ट्रकमा चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले बेरेको १२ पोका गाँजा बरामद गरेको हो । बरामद गाँजा १८६ किलो रहेको जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।

गाँजासँगै उक्त ट्रक र चालक मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँका वर्ष १९ का रित्तम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोतियाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय