सिरहा । समाजिक संजाल प्रयोग गरी ठगी गर्नेलाई प्रहरीले पक्राउ गर्न जुटेको छ छ ।
संमाजिक संजाल इमो, भाईवर, हवाट्अप, म्यासेन्जर मार्फत चिट्ठा परेको भन्दै ठगी गर्नेलाई सिरहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका ८ का ३४ वर्षिय दीपेन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । समाजिक संजाल मार्फत चिट्ठा परेको र त्यसको कर (टयाक्स) बुझाउनु पर्ने भन्दै रकम असुली गरेको दासलाई पक्राउ गरिएको सिरहा प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले बताएका छन् ।
ट्याक्स वापतको रकम बैंक खातामा जम्मा गर्न दिएको र विभिन्न व्यक्तिवाट ८ लाख ६५ हजार रकम असुली गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए । प्रहरीमा परेको उजुरीको आधारमा निगरानी गर्दै जादा दासलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका दासलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी गरिएको छ ।
संगठित रुपमा एक समूह समाजिक संजालको प्रयोग गरी ठगीमा लागेको छ । उनीहरु विरुद्धमा जिल्ला प्रहरी कार्यालय पर्सा, ललितपुर र रुपन्देहीमा उजुरी परेको छ । उजुरीका आधारमा यस अघि उदयपुरबाट प्रहरीले सिरहा नगरपालिका ७ का २८ वर्षिय सरोज कुमार दासलाई पक्राउ गरी पर्सा लगेको छ । प्रहरी उपरीक्षक पाण्ेडेले समाजिक संजाल प्रयोग गर्ने कार्यमा ठूलै समूह लागेको बताए । ‘यस समूहमा धेरैको संलग्नता देखिन्छ,’ प्रहरी उपरीक्षक पाण्डेले भने,‘अन्यको खोजी कार्य भईरहेको छ ।’