पत्रकार हुँ भन्दै व्यापारीलाई धम्क्याएर पैसा असुल्ने दुई जना कञ्चनपुरबाट पक्राउ परेका छन् ।

कञ्चनपुर महेन्द्रनगरको साई मोबाइल केयरका सञ्चालकलाई धम्क्याएर २५ हजार रुपैयाँ लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पसल सञ्चालक अवदेश श्रीवास्तवका अनुसार पहिला गोविन्दले मोबाइलको सामान चाहिएको भन्दै फोनमा कुराकानी गरेका थिए ।

प्रहरीका अनुसार पत्रकार हुँ भन्दै पैसा असुलेको आरोपमा नाइस टेलिभिजका पत्रकार गोविन्द बिसी र सन्तोष भट्ट प्रकाउ परेका हुन् ।

उनीहरुले मोबाइल ग्यालरीबाट पैसा नदिई दुईवटा पावर बैंकसमेत लगेका छन् । दर्ता भए–नभएको छानबिन गर्न आएको बताएका उनीहरुले माबाइल पसल सञ्चालकलाई धम्क्याएर २५ हजार रुपैयाँ लिएको प्रहरीमा उजुरी परेको थियो । उनीहरुले दुई लाख रुपैयाँबाट बार्गेनिङ सुरु गरेका थिए ।

अन्तिममा २५ हजार रुपैयाँ लिएर गएको पसल सञ्चालकले बताएका छन् । बुधबार साँझ करिब ६ बजे महेन्द्रनगरको ४ नम्बर गल्लीस्थित साई मोबाइल केयरमा गएका बिसी र भट्टले करिब एक घण्टासम्म पसलमा बसेर बार्गेनिङ गरेका थिए ।

उनीहरुले बार्गेनिङसहित रकम लिएको सिसिटिभी क्यामेरामा कैद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय