सिरहा । सिरहा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना निर्धारण गरेका पाँच जनालाई पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालतबाट विभिन्न मुद्वामा कैद तथा जरिवानाको फैसला भई फरार रहेकाहरुको खोजतलाश गर्ने क्रममा पक्राउ गरिएका सिरहा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका १६ का ४० वर्षीय जाकिर मलंग रहेका छन् । लेनदेन मुद्दामा ५ महिना कैदको फैसला अदालतले गरेपछि उनी फरार रहेको प्रहरीले जनाएको छ । यस्तै लेनदेन मुद्दामा सिरहा नगरपालिका २ का ५५ वर्षीय रामदेव साहलाई पनि पक्राउ गरेको छ । साहलाई २ वर्ष कैदको फैसला सुनाएको छ । बहुविवाह मुद्दामा ११ महिना १५ दिन र १० हजार जरिवाना तोकिएपछि फरार रहेका लहान नगरपालिका १३ का ३१ वर्षीय शिवशंकर महतोलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै लागुऔषध मुद्दामा ८ वर्ष कैद र ३ लाख १५ हजार जरिवाना गरिएका सखुवानान्कारकट्टी गाउँपालिका वडा ४ का बर्ष २८ वर्षीय देव कुमार यादवलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका सवैलाई जिल्ला अदालत सिरहामा बुझाएर फैसला कार्यान्वयनको क्रममा सिरहा कारागार चलान गरिएको छ ।
लागुऔषध सहित एक पक्राउ
प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले सिरहाको लहान नगरपालिका ३ बाट एक जनालाई लागुऔषध र नगद सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका १२ अर्नामा का २० वर्षीय बालकृष्ण साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ गरिएका साहसँग प्रतिबन्धित लागुऔषध नाईट्राभेट २८५ पिस र नगद ९ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । साहलाई थप अनुसंधानको लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!