पक्राउ

२५ नेपाली महिलालाई श्रीलंका पुर्‍याएर बन्धक बनाउने अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाएको छ।

सप्तरीको हनुमाननगरकी साबीत्री देबी मलाह भन्ने साबीत्री मुखियालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

उनले कुवेतमा मासिक तलव ११० कुवेती दिनार (करिव ३५ हजार रुपैयाँ) कमाई हुन्छ भनि प्रलोभनमा पारी काठमाडौंबाट गाडीमा भारत पुर्‍याएकी थिइन्।

उनले काठमाडौंबाट २०७६ साल फाल्गुन ९ गते सप्तरीको राजबिराजमा लगि त्यहाँबाट हनुमाननगर हुँदै कुनौली नाकाबाट भारत प्रवेश गराएकी थिइन्।

साबत्रीकाे समूहले कुनौलीबाट गाडी चढाई भारतको नयाँदिल्लीस्थित गणेश राईले लिई राखेको अपार्टमेन्टमा पुर्‍याएकाे थियाे। १२ दिनसम्म त्यहाँ बन्धक बनाई एयरपोर्ट लगेकी थिइन्।

एयरपोर्टमा सोध्यो भने श्रीलंकामा सीता माताको दर्शन गर्न जान लागेको भनि सिकाई भारतको नयाँदिल्लीबाट मुम्बई हुँदै श्रीलंका पठाएकी थिइन्। श्रीलंकाको कोलोम्बोस्थित निलपनागोडामा बन्धक बनाई राखेको अबस्थामा श्रीलंकाको प्रहरीले पक्राउ गरेको थियो।

१३ महिनासम्म श्रीलंकास्थित कारागारमा रहेका उनीहरू गत असार १० गते काठमाडौं फर्किएका थिए। फर्किएपछि उनीहरूले प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले असार २२ गते उनलाई पक्राउ गरेको थियो। अदालतले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाएको ब्युरोले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!