
सिरहा । सिरहाको लहानमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
सिरहाको लहान नगरपालिका वडा नं. १ स्थित ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले को. २६ प. १८९ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा नवराजपुर गाउँपालिका वडा नं. ५ बस्ने प्रभु नारायण सिंह राजपुतलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

पक्राउ परेका राजपुतको साथबाट चेकजाँचको क्रममा नाईट्राभेट १० लेखिएको ४,७४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १९४ एम्पुल, फेनारगन लेखिएको १९४ एम्पुल, नाम लेवल नभएको १९४ एम्पुल र डाईलेक्स डि.सी (१०० एमएल) लेखिएको ७ बोतल लागु औषध बरामद गरिएको प्रवक्ता तथा सुचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिएकाछन् ।
पक्राउ परेका राजपुतलाई अबैध लागु औषध तथा मोटरसाइकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।