सिरहा । सिरहाकाे लहानबाट ठूलो परिमाणमा लागूऔषध र एक कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। सिरहा प्रहरीले लहान नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट मंगलबार लागूऔषध र एक कारोबारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, मंगलबार बिहान १० बजेको समयमा लहान नगरपालिका-४ कुमाल टोलमा एक मोटरसाइकल र एउटा बोरा भेटिएको थियो । त्यसलाई खोलेर हेर्दा अनरेक्स नामक १ सय ९३ बोतल लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि यसका धनी लहान नगरपालिका-१९ का २२ वर्षीय मोहम्मद नसरूल रहेको खुलेको र उनलाई पनि सोही दिन दिउँसो लहानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

डीएसपी पासवानका अनुसार, गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पछ्याएको थियो । तर, प्रहरीलाई देखेपछि उनी लागूऔषध र मोटरसाइकल बाटोमै छाडी भागेर लुकेका थिए ।

सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय