रोल्पा । बलात्कार जस्तो जघन्य अपराधका घटना गाउँमै मिलाएको आरोपमा रोल्पामा एक जना वडा सदस्यसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै जेठाजुबाट बुहारी बलात्कार भएको घटना गाउँमै मिलाएको आरोपमा लुंग्री गाउँपालिका वडा नं. ४ का वडा सदस्य हिमबहादुर विष्टसहित ७ जना पक्राउ परेका हुन् ।

गत साउन २ गते राती बलात्कारका घटना भएपछि अर्काे दिन गाउँमा स्थानीय भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गराएको आरोपमा पीडितका ससुरासहित सोही ठाउँमा दुर्गे विष्ट, नविन विष्ट, पुष्ट विष्ट र पुष्ते खड्का समेत रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

साउन २ गते बिहान ३ बजेको समयमा सो घटना भएको र पीडित महिलाले कराएपछि ससुराले थाहा पाएका थिए ।

पीडितका ससुराले अर्काेदिन वडा सदस्य हिमबहादुर विष्टलाई बोलाएर मान्छे जम्मा गरी २० हजारमा कुरा मिलाएका थिए । सो रकम मध्ये ५ हजार पीडितलाई दिने र बाँकी १५ हजार गाउँको कोषमा राख्ने स्थानीय भलाद्मीहरुले गरेका थिए । पीडितले ती कुरा आफ्नो माइतीमा खबर गरेपछि प्रहरी समक्ष उजुरी पुगेको थियो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय