सिन्धुली । सिन्धुलीमा बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधौली नगरपालिका १० का नारायण कार्की रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता मनोज कुमार लामाका अनुसार कार्कीले सोहि वडाकी ४० वर्षीया लक्ष्मी कार्कीलाई बोक्सी भनि बेला बेलामा झगडा गर्ने गरेका थिए । 

कार्कीले आफूमाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि नारायणलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय