जिल्ला प्रहरी कार्यालय धनुषा ।

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान ९ जना थुनुवा फरार भएका छन् । प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फोरेर थुनुवाहरू फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले सोमबार बिहान करिव ४ बजेतिर हिरासत कक्षको भेन्टिेलेटर फोरेर फरार भएका ९ जना थुनुवामध्ये एक जनालाई पक्राउ गरिसकिएको जानकारी दिए । उनले फरार अन्य ८ जना थुनुवाको खोजी भइरहेको उनले बताए ।

‘फरार थुनुवामध्ये एकजनालाई जनकपुरको जनक चोकबाट फेला पारेका छौं,’ डीएसपी अवाले भने,‘अन्य ८ जना भागेको सम्भावित इलाकातर्फ खोजीकार्य जारी छ ।’

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका जनकपुर–२० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा–५ का रंजित मण्डल र रोशनकुमार मण्डल, सिरहा–१३ का अभास्करकुमार यादव, धनुषा देउरी परवाहा–४ का विशाल मुखिया, नगराईन–२ का मनिष मण्डल र जनकपुर–४ का बिक्की कार्की फरार भएको डीएसपी अवाले जानकारी दिए । फरार भएका १ जना अभद्र व्यवहारमा पक्राउ परेका नाबालकसमेत छन् । फरार भएकाहरू लागूऔषध र अभद्र व्यवहारमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दुईतले आधुनिक हिरासत कक्ष छ । हिरासत कक्षको भुईंतलामा थुनुवाको सामूहिक कक्ष छ । हिरासत कक्षको माथिल्लो तल्ला महिला थुनुवा राखिन्छ । तल्लो र माथिल्लो दुवै तलामा सेन्ट्री बसे पनि एकैपटक ९ जना थुनुवा फरार भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!