सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडि चौकबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २१ बस्ने २३ वर्षीय सोनु कुमार साह रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ठाडिबाट प्र.ब.ना.नि सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको गस्ति टोलिले भगवानपुर गाउँपालिका–४ ठाडि चोक स्थित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री साहलाई चेकजाँच गर्दा उनको साथबाट नाईट्रोजन–९ थान, फेनारागन–९ थान र क्राफिन–९ थान दुबै थाई (तिघ्रामा) टेपले बाँधि लुकाई छुपाई ल्याई रहेको अबस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रबिन्द्र राज पाण्डेले जानकारी गएकाछन् ।
पक्राउ परेका साहलाई लागूऔषध सहित ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय