सिरहा । सिरहामा लागूऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ११ सियापुर बस्ने २२ वर्षीय सुरेन्द्र कुमार महरा, मिर्चैया नगरपालिका वडा नम्बर ९ ढोरना बस्ने २२ वर्षीय अरबिन्द्र मण्डल र २३ वर्षीय अनिल मण्डल रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय माडरबाट प्र.ब.ना.नि.संजय तामाङको कमाण्डमा खटिएको टोलीले मंगलबार गोप्य सुचनाको आधारमा प्रदेश २–०१–००१ प ५९४६ नम्बरको मोटरसाईकल र मोटरसाईकलमा सवार रहेका ३ जनालाई रोकी चेकजाँच गर्दा मोटरसाईकल बिचमा रहेका सुरेन्द्र कुमार महराले आफ्नो अण्डरवियर भित्र लुकाई छिपाई राखेको प्लाष्टिकक सहित ०.६३ ग्रामतौल भएको ब्राउन सुगर (खैरो हिरोईन) लागूऔषध बरामद भएकोले मोटरसाईकल सहित मोटरसाईकल पछाडी बसेका अरबिन्द्र र मोटरसाईकल चालक अनिल समेत तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रबिन्द्र राज पाण्डे जानकारी गएकाछन् ।