
सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७, स्थित एक निजी विद्यालयका संस्थापक प्रिन्सिपलले विद्यार्थीलाई मरणसन्न हुनेगरी कुटपीट गरेका छन्।
मिर्चैया नगरपालिका-७ मा रहेको अक्षर पाठशालाका संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोले कक्षा ६ मा अध्यनरत मिर्चैया नगरपालिका-१० महेशपुरका बिसाल मण्डललाई मरणासन्न हुनेगरी हुटपीट गरेका हुन्।
शिक्षकको कुटाईबाट पीठियूँभरी निलडाम भएका मण्डलको मिर्चैयास्थित मंगलम हेल्थ केयर प्रा.लि.मा उपचार भईरहेको छ। उनलाई प्लास्टिकको पाईपले अन्धाधुन्ध रुपले कुटपीट गरेको एक प्रत्यक्षदर्शि विद्यार्थीले बताए । कुटाईका कारण विद्यार्थीको पीठियूँभरी निलडाम भएको छ।
शुक्रवार विद्यालयबाट घर फर्किएपछि बेलुका छोरा रोईरहेको देखेपछि सोधखोज गर्दा पीठियूउभरी निलडाम देखिएपछि तत्काल उपचारको लागि अस्पताल ल्याईको उनका काका उमेश्वर मण्डलले जानकारी दिएकाछन। उनले भने, ‘सन्चो नभएर तीनचार दिनदेखि विद्यालय गएको थिएन,
शुक्रवारमात्रै विद्यालय गएको थियो। विद्यालयबाट फर्केर घरआएपछि बेलुका आमालाई देखेर सुकसुकाउन थालेपछि सोधखोज गर्दा यस्तो अवस्था देखियो। हामीले तत्कालै अस्पताल ल्याएँ। अहिले उपचार भईरहेको छ।’
के कारणले कुटपीट गरेको हो आफूहरुलाई केही थाहा नभएको बिसालका काकाले बताए। उनले भने, ‘मैले अस्वस्थ्य देख्ने वित्तकै अस्पताल ल्याएँ, यस्तोविधि किन कुटेको हो मैले थाहा पाएको छुइँन्।’
विद्यार्थीलाई विद्यालयमा पढ्न पठाएको हो। यसरी बालकलाई मरणासन्न हुनेगरी कुटपीट गर्नु अपराध भएको स्थानीय अशोक मण्डलले बताए।
श्रोतका अनुसार अक्षर पाठशालामा धेरै पटक विद्यार्थीलाई कुटपिट हुने गरेको छ ।
यस सम्वन्धमा विद्यालयको संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोसँग बुझ्न पटक पटक ९८०५९१९३३३ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।