
सिरहा । सिरहाको सारस्वरनाथ माध्यमिक विद्यालयमा एक विद्यार्थीलाई प्रधानाध्यापकसहित शिक्षकहरुले मिलेर कक्षाकोठामा थुनेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समीर राइनलाई गत मंगलबार शिक्षकहरूले कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।
गत मंगलबार दिउँसो ३ बजे कक्षामा अध्ययन गरिरहेका समीरलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेको र त्यही कुटपिट भएको हो ।
स्टाफ कोठामा लगेपछि हेडसर जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी जयनारायण मण्डलले कुटेको विद्यार्थी राइनले बताएका छन् ।

प्रधानाध्यापक जयचन्द्र यादवले छात्राहरूलाई जिस्क्याउने लगायतका हर्कत गरेकोले व्यवहार सुधार गर्न समान्य रुपमा कुटपिट गरिएको दाबी गरेका छन् । सोहीकारण गुरुको रुपमा सजाय दिएको प्रअ यादवले बताएका छन् ।
विद्यार्थी राइनको परिवारजनले कुटपिटको विषयमा जिल्ला प्रहरी कार्यालय र सिरहा नगरपालिका कार्यालयमा उजुरी गरि छानबिन गर्न माग गरेका छन् ।