सिरहा । सिरहामा विवाहित छोरीलाई अविवाहित नागरिकता बनाउने खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–३ का अरविन्द कुमार यादवले २२ वर्षीया छोरी सुनिता कुमारी यादवलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहामा अविवाहित नागरिकता बनाउन खोज्दा ‘झूठो विवरण’ पेश गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी भवेश झाले नागरिकता सनाखतको क्रममा विवाहित भएको पुष्टि भएपछि झूठो विवरण सहित सनाखत गर्ने बुबा अरबिन्दलाई पक्राउ गरेको बताएका छन् ।

विवाहित छोरीलाई अविवाहित नागरिकताको सिफारिस गर्ने वडाअध्यक्ष वंशीलाल यादवलाई पनि नियन्त्रणमा लिईने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । जानाजान विवाहितलाई अविवाहित भनेर सिफारिस गर्ने नवराजपुर गाउँपालिका–३ का वडाअध्यक्ष यादवलाई नियन्त्रणमा लिईने सूचना अधिकारी झाले बताएका छन् । यस विषयमा थप छानबिन गर्नुपर्ने भएकोले वडाअध्यक्षलाई पनि झिकाउने आदेश आएको सूचना अधिकारी झाले बताएका छन् ।

अविवाहित नागरिकता बनाउन खोज्ने सुनिताको विवाह सप्तरीको बोदेबरसाईन नगरपालिका–१० खडगपुरमा २०७८ फाल्गुनमा समाजिक परम्परा अनुसार विवाह भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!