राजविराज । १६ वर्षअघिको कर्तव्य ज्यान मुद्दामा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपित हुन् ।
१६ वर्षदेखि मुल्तवीमा रहेको मुद्दामा सोमबार प्रहरीले राजविराजबाट उनलाई नियन्त्रणमा लिएको थियो । मंगलबार भएको थुनछेक बहसमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।