अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो । उनीहरूले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

 

उनीहरूले विभिन्न एपमार्फत हनिट्रयाप जस्तो धन्धा गर्दै आएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला छन् ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको र विस्तृत आउन बाँकी रहेको गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!