
सिरहा । वडा प्रहरी कार्यालय सिरहाले चोरी घटनामा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।
सिरहाको हटियामा पसल सञ्चालन गरेका सिरहा नगरपालिका–९ गुलरीयाका दोरिक दासको पसलबाट नगद चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय सिरहाले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका २ का २२ वर्षीय डिम्पु भन्ने अमित कुमार यादव रहेको वडा प्रहरी कार्यालय सिरहा ‘ख’ का इन्चार्ज राजेश यादवले बताएका छन् । चेकजाँचको क्रममा दासको पसलबाट चोरी गरेको नगद रुपैयाँ बरामद भन्दै भन्दा प्रहरी नायव निरिक्षक यादवले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको बताएका छन् ।
