एकीकृत समाजवादीस्थानीय निर्वाचन

नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएका छन् । बिहीबार केन्द्रीय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउँदै नेता तुलाधरले यस्तो बताएका हुन् ।

उनले गठबन्धनमा काँग्रेस सहभागी नभए काँग्रेस स्वयंलाई घाटा हुने बताए । नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा  काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए । उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि काँग्रेस गठबन्धन गरेर नजाने भनिरहेको आरोप लगाए ।

उनले सभापति एवं शीर्ष नेताहरु गठबन्धनसहित निर्वाचनमा जाने पक्षमा रहेको बताए । नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय तीनै तहको चुनावमा गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय