जनकपुरधाम । नेकपा एमालेको जनकपुरधाम उपमहानगरपालिका नगर कमिटी अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । जनकपुरधाममा मंगलबार भएको एमाले नगर कमिटी अधिवेशनले भण्डारीको नेतृत्वमा १ सय १० सदस्यीय कार्यसमिति छानेको हो ।

उपाध्यक्षमा सन्तोषकुमार महतो, सचिवमा राजु साह र उपसचिव द्वयमा रोका मिश्रा र दीपनारायण कुमार साह निर्वाचित भएका छन् । पोलिटब्युरो सदस्य नेतृ जुली महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, वरिष्ठ नेता गंगाराम यादवलगायत उपस्थितिमा भएको नगर अधिवेशनले भण्डारीको नेतृत्वमा नगर कमिटी चयन गरेको हो ।

अधिवेशनमा उपस्थित नेताले सोमबार भएको भनिएको नगर कमिटीको अधिवेशन आधिकारिक नभएको भन्दै भ्रममा नपर्न पार्टीका सबै तहमा आग्रह गरेका थिए । नवनिर्वाचित अध्यक्ष भण्डारी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् । उनी एमालेको जिल्ला र प्रदेश कमिटी सदस्य भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय