जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभामा आयोजित वार्षिक उत्सव स्थगित भएको छ । प्रदेशसभा सचिवालय आज चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । तर, प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगित भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार सचिवालयभित्र कार्यक्रमका लागि बनाइएको मञ्चहरु पनि हावाले भत्काएको छ । हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले आज तय गरिएको कार्यक्रम स्थगित भएको छ । सांसदहरुलाई मोवाइलमा एसएमएस पठाएर स्थगितबारे सचिवालयले जानकारी गराएका छन् ।

यद्यपि, यो कार्यक्रम कहिले हुने टुङ्गो लागेको छैन । कार्यक्रम मिति तय भएपछि पुनः सूचना प्रकाशन गरिने र सांसदहरुलाई जानकारी गराइने बताइएको छ ।

यस्तै, डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीको सडक आन्दोलन पनि हावाहुरीका कारण स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय