#सिरहानगर कमिटि गठननेकपा एकीकृत समाजवादी

सिरहा । नेकपा एकीकृत समाजवादीको प्रथम अधिवेशनवाट जागेश्वर यादवलाई अध्यक्षमा चयन गरेको छ ।
सिरहा सदरमुकाममा नेकपा एकीकृत समाजवादीको प्रथम नगर अधिवेशनवाट यादवको अध्यक्षतामा एक सय १५ सदस्यीय नगर समिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा जयनारायण यादव, मो. सलिम राईन, उमेश यादव, राजदेव यादव, महिन्द्र पासवान, सचिवमा मनोज कुमार मण्डल, उपसचिवमा दुःखी यादव, राम अवधी मण्डल, विनोद यादव, जयकिशोर यादव सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा नागेन्द्र साह, जय नारायण कामती, श्याम बाबु यादव, अरुण कुमार यादव लगायत १ सय १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन भएको नेकपा एसका प्रदेश कमिटी सदस्य रामनन्द मण्डलले जानकारी दिएका छन् ।

१ सय ३० वडा कमिटि चयन
नेकपा एकीकृत समाजवादी सिरहाले सिरहा जिल्लाको १ सय ३० वडामा वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ । पालिकाहरुमा अधिवेशन सम्पन्न गरी नेतृत्व चयनलाई नेकपा एसले तिव्रता दिएको छ । १ सय ६४ वडा रहेको सिरहा जिल्लामा अब ३४ वडामा सर्वसम्मत रुपमा समिति चयन गरिने नेकपा एसले जनाएको छ ।

जागेश्वर यादवको अध्यक्षता आयोजना गरिएको प्रथम नगर अधिवेशनको प्रमुख अतिथी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं मधेश प्रदेशका प्रदेश कानून न्याय तथा प्रदेश मामिला मन्त्री प्रमोद कुमार यादव यादव सहभागी भएका थिए । यस्तै प्रदेश कमिटि सदस्य रामनन्दन मण्डल, रविन्द्र साह, मो. मोहमुद राईन, कुशेश्वर यादव, यूवा संघका केन्द्रिय सदस्य निरज यादव, जिल्ला अध्यक्ष राजेश यादव, जिल्ला कमिटि सदस्य देवेन्द्र गोइत, निर्मला कामती, मिना खातुन, रिता यादव, मो. मोजिम राईन, विभिन्न वडाका वडा अध्यक्ष, सचिव लगायत प्रथम नगर अधिवेशनमा सिरहा नगरपालिका भित्रका २२ वटै वडाबाट अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय