सिरहा । सिरहामा बुवाले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् ।
जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा-२ बस्ने ६० वर्षीय सोनाई सदाले बञ्चरो प्रहार गर्दा उनका ३० वर्षीय छोरा प्रमेश्वर सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक पवन झाले बताए ।

प्रहरी निरीक्षक झाका अनुसार घरायसी विवादमा सोनाईले आफ्नै छोरामाथि बञ्चरो प्रहार गरेका हुन् । रक्सी पिएर सोनाईले बञ्चरो चलाएको देखिएको निमित्त प्रवक्ता झाले बताए ।
छोरामाथि बञ्चरो प्रहार गर्ने सोनाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



