सिरहा । प्रदेश २ को नामाकरण ‘मधेस’ भएपछि सिरहाको विष्णुपुर गाउँपालिकाले मैनवत्ती प्रज्वलन गरी खुशीयाली मनाएका छन् ।
विष्णुपुर चौकमा गाउँपालिका अध्यक्ष जागेश्वर यादवको नेतृत्वमा विभिन्न वडाका जनप्रतिनिधी, स्थानीयको सहभागितमा ‘स्वागत मधेस प्रदेश’ फूलले लेखेर मैनवत्ती बालेर खुशीयाली मनाएका छन् ।

यस्तै जिल्लाको विभिन्न स्थानमा प्रदेशको नाम र स्थायी राजधानी तोकिएछि खुशी मनाउने क्रम जारी रहेको छ । सिरहामा जनता समाजवादी पार्टी नगर समितिले मैनवत्ती बालेर प्रदेशको नाम मधेस कायम भएको अवसरमा खुशी मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय