सिरहा । नेपाल रेडक्रस सोसाइटी बिष्णुपुर उपशाखाको साधारण सभा सम्पन्न भएको छ ।
उपशाखाका सभापति जिवनाथ यादवको सभापतित्वमा शुक्रवार आयोजित कार्यक्रममा पूर्व राज्यमन्त्री सुरेश कुमार मण्डलको प्रमुख आतिथि रहेका थिए । यस्तै बिष्णुपुर गाउँपालिकका अध्यक्ष जागेश्वर यादव र नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादव विशिष्ठ आथितिका रुपमा सहभागी भएका थिए ।
पूर्वराज्यमन्त्रीले उपशाखा अधिवेशन उद्घाटन गर्ने अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए । सभाको उद्घाटन कार्यक्रमा रेडक्रस बर्छवा उपशाखा प्रमुख योगेन्द्र यादव, समाजसेवी बुद्धिजीवी राम अयोध्या यादव, प्रमुख प्रशासकिय अधिकृत रविन्द्र महत, वडा अध्यक्षहरु रामइश्वर यादव, जयकुमार यादव, राजकुमार यादव, शिक्षक धनिकलाल मण्डल लगायत स्थानीय बुद्धिजिवी, समाजसेवीको सहभागितामा सभा सम्पन्न भएको छ ।

सर्वसम्मतले पदाधिकारी चयन
साधारण सभाले सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको छ । सभापतिमा जिवनाथ यादव, उपसभापतिमा रामकुमारी यादव, सचिवमा गोपाल नारायण श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार कामती, उपसचिवमा योगेन्द्र कुमार यादव, उपकोषाध्यक्षमा अन्जु कुमारी मण्डल सर्वसम्मत चयन भएको उपशाखाले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा दिनेश कुमार यादव, फुलगेन यादव, राम एकवाल साह, रामईश्वर यादव, पुनम कुमारी साह चयन भएका छन् । उपशाखा सल्लाहकारमा विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादव, पूर्व प्रध्यानाध्यपक राम आयोध्या यादव, वडा अध्यक्ष जय कुमार यादव, राम ईश्वर यादव र पत्रकार राम पुकार यादव चयन भएका छन् ।




