सिरहा । सिरहामा केही दिनदेखि चिसो वढेपछि सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि सिरहाका विभिन्न पालिकामा डिभिजन वन कार्यालय लहानले आगो ताप्नका लागि दाउरा वितरण शुरु गरेको छ ।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाका विभिन्न पालिकामा मागको आधारमा निःशुल्क रुपमा दाउरा वितरण गरेको हो । लहान नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका र बिष्णुपुर गाउँपालिकामा निःशुल्क दाउरा वन कार्यालयले उपलब्ध गराएको हो ।

लहान नगरपालिकामा ३ गाडी, धनगढीमाई नगरपालिकामा ३ गाडी, मिर्चैया नगरपालिकामा ३ गाडी र बिष्णुपुर गाउँपालिकामा १ गाडी दाउरा निःशुल्क उपलब्ध गराएको र अरु पनि स्थानीय तहबाट माग भएमा दाउरा निःशुल्क रुपमा उपलब्ध गराउने डिभिजन वन कार्यालय लहान सिरहाका डिभिजन वन अधिकृत शुभाष चन्द्र दासले बताए ।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि बालबालिका, वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकको लागि आगो ताप्न दाउरा वितरण गरेको छ । दाउरा विभिन्न चौकमा बालेर ताप्नका लागि वितरण गरिएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत दासले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय