पूर्वराजा ज्ञानेन्द्र शाहले आज काठमाडौंको गोकर्णेश्वर ४ स्थित उत्तर बाहिनी मन्दिरमा पूजापाठ गरेका छन्।
आज बिहान ८ बजे निर्मल निवासबाट निस्केका उनी साढे ८ बजेतिर मन्दिर पुगेका हुन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले उत्तर बाहिनी मन्दिरमा पूजापाठ गरेको बताइएको छ।



