सिरहा । सिरहा नगरपालिका ५ को खरसलवा कुट्टीटोललाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको हो ।
पुर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सवै सूचकहरु पुरा गरेपछि खरसलवा कुट्टीटोललाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको हो । खरसलवा कुट्टीटोल व्यवस्थापन समिति र सिरहा नगरपालिका वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले आफनो नगरमा पहिलो नमुना वडाको रुपमा घोषणा गरेको भन्दै नगरलाई पुर्ण सरसफाई स्वच्छतायुक्त वडा घोषाणा गरिने बताएका छन् । उनले आफनो नगरलाई पुर्ण सरसफाई युक्त नगरको मात्र नभई पर्यटकीय स्थलको रुपमा आफुले विकास गर्न चाहेको वताएका छन् । सवैसंग समन्वय र सहकार्य गरी अगाडी वढ्ने नगर प्रमुख यादवले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सिरहा गरपालिका ५ का वडाध्यक्ष सुरेन्द्र यादवले घोषणा गरेरमात्र गाउँ सफा नरहने भएकोले सँधै सरसफाईमा ध्यान दिन सवैसँग आग्रह गरेका थिए ।
उक्त कार्यक्रम खरसलवा कुटी टोल व्यवस्थापन समितिका अध्यक्ष संगिता महतोको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतितिहरु सिरहा नगरपालका वडा नं. ५ तथा ध्(ध्ब्क्क् ऋऋ का अध्यक्ष सुरेन्द्र यादव, वडा सदस्य तथा ध्(ध्ब्क्क् ऋऋ का सदस्यहरु, विभिन्न राजनितीक दलका प्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजिवी, समाजसेवी, सबल नेपालकाका कर्मचारीहरु, संचारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

सबल नेपालका कर्मचारी सिरहा न. पा. वाड नं. ५ का वासमेन्टर पुजा यादवको अथक प्रयास पछी उक्त वडा पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा भएको स्थानियको भनाइ रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय