ट्रककाे ठक्करबाट मृत्युमृत्युविद्यार्थीसर्लाही
फाइल तस्वीर

सर्लाही— सर्लाहीमा ट्रककाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु भएकाे छ ।

लालबन्दी नगरपालिका-९ स्थित पूर्व-पश्चिम लाेकमार्ग अन्तर्गत बस्तीपुर चाेकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकाे ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा आज बिहान चन्द्रनगर गाउँपालिका-१ का १६ वर्षीय दीपेन्द्रकुमार यादवकाे मृत्यु भएकाे हाे ।

विद्यालयमा ट्युसन पढ्न जाने क्रममा ट्रकले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

यादव लालबन्दी-९ स्थित जनज्याेति माविमा कक्षा ९ मा अध्यनरत थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय