सुनसरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले समाप्त भइसकेको बताएका छन ।
सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको आरोप लगाए ।

एमालेको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने र ओली एण्ड कम्पनीको दिन सकिएको उनको आारोप छ ।
नेपालले एमाले भित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबी समेत गरे ।



