अधिवेशनमहोत्तरीमाओवादी

महोत्तरी । माओवादी केन्द्र महोत्तरीको १ सय २२ वडा र एक पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । जिल्लाका १ सय ३८ वडामध्ये १ सय २२ वडामा नेतृत्व चयन भइसकेको र १६ वडामा अधिवेशन गर्न बाँकी रहेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

अधिवेशन गर्न बाँकी रहेका वडाहरुको पार्टी सदस्यता विवाद टुंगो लगाएपछि आइतबारसम्म अधिवेशन गरिसक्ने गरी काम भइरहेको खड्काले बताए ।

मनरा शिसवा नगरपालिकाको १० वटै वडामा अधिवेशन सम्पन्‍न भएपछि नगर अधिवेशन सफलतापूर्वक सम्पन्‍न भएको माओवादी केन्द्रका नेता तुलसी ढुंगानाले जानकारी दिए । अन्य पालिकामा पनि नगर अधिवेशनको तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय