नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आयोजना गरिएको स्थलमा पुगेका छन् ।
उनी सौराहामा आफू बसिरहेको सेभेन स्टार होटलबाट बन्दसत्र आयोजना गरिएको होटलमा पुगेका हुन् ।

आज बिहान ८ बजे सुरु गर्ने भनिएको एमालेको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरुबीच सर्वसम्मत नेतृत्व चयनको विषयमा कुरा नमिल्दा यो बन्दसत्र सुरु हुन नसकेको हो ।
बन्दसत्र स्थल पुग्नुअघि एमाले अध्यक्ष ओली आफू बसेको होटलमा एमालेका शीर्ष नेताहरुसँग छलफलमा जुटेका थिए ।



