सिरहा । नेपाली काँग्रेस प्रथम प्रदेश सभा क्षेत्रीय अधिवेशन सिरहा ३ (ख) को क्षेत्रीय सभापतिमा धनेश्वर यादव सर्वसम्मत रुपमा चयन भएको छ ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत सिरहामा विहिवार भएको क्षेत्रीय अधिवेशनवाट यादवलाई सर्वसम्मत सभापतिमा चयन गरिएको हो ।
प्रथम प्रदेश सभा क्षेत्रीय अधिवेशन सिरहा क्षेत्र नम्बर ३ (ख) को उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय कोषाध्यक्ष सीतादेवी यादवले गरेका थिए । उक्त अवसरमा नेपाली काँगेसका नेताहरुको सहभागिता रहेको थियो ।




