प्रदेश २शीत-लहर

प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ । मंगलबार बिहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका सहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसो बढेपछि स्थानीयहरूले ठाउँ-ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगलबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।

हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको सङ्ख्यासमेत घटेको छ । पुस र माघमा लाग्ने हुस्सु र शीतलहर मङ्सिरको सुरुको पहिलो सप्ताहमै सुरु भएपछि सर्वसाधारणले यस वर्षको चिसो लामो हुने अनुमान लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय