काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा शुभकामना व्‍यक्त गरेकी छिन् ।

हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाको दिन मनाइने सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ पवित्रस्थल ‘गुरुद्वारा’माभेला भई पूजाअर्चना‚ भजनकिर्तनका साथै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती  मनाउने गरिन्छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विनाभेदभाव नि:शुल्क सामूहिक भोजन गर्ने ‘लंगर परम्परा’ समेत रहेको छ ।

यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्न मद्दत पुग्नेसमेत देखिन्छ ।

गुरुनानकले समाजमा शान्ति, सद्भालव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्महरूका बीचमा सद्भाव कायम राख्नका लागि गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि राष्ट्रपतिले लिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय