अक्षय नवमीसंस्कृति

काठमाडौं । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ ।

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने अक्षय नवमी परम्पराअनुसार अमला अर्थात धातृको रुखको फेदमा सामूहिक रुपमा खाना खाने गरिन्छ ।

घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार अचार, मुरब्बा र चटनीसहित शाकाहारी खानेकुरा मात्र पकाउने र खाने चलन रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय