काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
५ मंसिरमा जनकपुरमा हुने आमसभामा झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेछन् । उनले माओवादी नेताहरुसँग भने विदा लिइसकेका छन् ।

आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेर नै विदा भएको झाले बताए । ‘प्रचण्डजीसँग रहेर जति योगदान गर्न सक्छु, त्योभन्दा बढी माधवजीसँग रहेर गर्नसक्छु भन्ने लाग्यो’ झाले भने, ‘त्यसैले उहाँहरुसँग सल्लाह गरेर नै एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको हुँ ।’



