सिरहा । सिरहा जिल्लाको तीन वटा स्थानीय तहमा खानेपानी र सौचालयको पूर्वाधारमा सुधार गरिने भएको छ ।
कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र मिर्चैया नगरपालिकाको १५ वटा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य चौकीमा खानेपानी र सौचालयको पूर्वाधारमा आवश्यक सुधार गर्ने भएको छ । जाईका र वाटर एडको सहयोगमा बागमती सेवा समाज नेपालले पूर्वाधार निर्माणसँगै सरसफाई र स्वच्छता सम्बन्धमा व्यवहार परिवर्तन गर्न अभियान पनि सुरु गर्ने जनाएको छ । वाटर ऐडका परियोजना टिम लिडर डा खगिन्द्र भण्डारीले सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको सौचालय र खानेपानीको वर्तमान अवस्थामा सुधार ल्याउने गरी परियोजना सुरु गर्न लागिएको बताएका छन् ।

परियोजना प्रारम्भ जानकारी तथा प्रारुप तयारी कार्यशालामा डा भण्डारीले प्राविधिक सहितको टोली तीनै वटा स्थानीय तहमा परिचालन भईसकेको र स्थलगत सर्वेको आधारमा पूर्वाधार निर्माण गरिने बताए । बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक गोविन्द सुवेदीले खुला दिसामुुक्त जिल्ला घोषणा भईसकेको अवस्थामा दिगो विकासको लक्ष्य अनुसार परियोजनाले खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा काम गर्न लागेको जनाएका छन् ।

कार्यशालामा जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल, नेपाल प्रहरीका एसपी हिरा बहादुर पाण्डे सहित कार्यक्रममा स्थानीय तह प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा, शिक्षा शाखा संयोजक लगायत सहभागी रहेका थिए । परियोजनाको लागत ५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय