उपद्रव मुद्दाखानेपानी तथा ढल निकास कार्यालयजनकपुरधामधनुषा

जनकपुरधाम । ‘स्वतन्त्र मधेस’ नारा त्यागेर सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेर उत्छृङख्ल गतिविधिमा लागेका सिके राउतका १७ जना कार्यकर्तालाई मुद्दा चलाएको छ । सीके राउतको नेतृत्वको जनमत पार्टीले पछिल्ला एक महिनाको गतिविधि प्रशासन र नागरिकलाई तर्साई कानुन हातमा लिने उद्देश्यले प्रेरित रहेको भन्दै सर्वत्र आलोचना भइरहेको समयमा सरकारी कार्यालयमा उपद्रो मच्चाउने १७ जनालाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दा चलाएको हो ।

बिहीबार जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगरपरिक्रमा गराएका १७ जनालाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको घरअगाडि ढल निर्माणका क्रममा खाल्डो नपुरेको र वर्षाका कारण पानी निकासमा थप समस्या भइरहेको व्यक्तिगत रिसिबीका कारण कार्यालय बाहिर निकालेर, कुटपिट गरी शपडा च्यात्दै शरीरमा नालाको हिलो दलिदिनु अपराध जन्य कार्य भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको भनाइ छ ।

लाठी भाटासहित सरकारी कार्यालयमा पुग्न तोडफोड मच्चाउनु तथा कार्यालय प्रमुख कुशवाहालाई बन्धक बनाएर कुटपिट गर्नु अपराधिक उपद्रो भएकोले मुद्दा चलाईएको धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

एक घण्टाभन्दा बढी समयसम्म उनलाई अर्धनग्न रुपमै नगर परिक्रमा गराएपछि मात्रै प्रहरीले उनलाई उद्धार गरेको थियो । निमित्त प्रमुख कुशवाहा हाल बोल्न सक्ने स्थितिमा छैनन् । त्रसित भएका कुश्वाहाले भने, ‘बरु मलाई अहिले नै गोली ठोकिदिनुस्, तर म केही बोल्न सक्दिन, बोल्न चाहन्न ।’

आपराधिक उपद्रव मुद्धा के हो ?
दोषि ठहर भएमा आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानी, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था छ । दफा ३ मा भनिएको छ,‘ (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।’

संहिताअनुसार हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिइ प्रवेश गरेमा वा अनुमति लिइ प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछ ।

कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन नहुने प्रावधान छ।जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने, अपमान गर्ने वा झिझ्याउन गर्न हुँदैन । कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय