#सिरहाबलिप्रथा

सिरहा । दसैँलगायतका चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिने उद्देश्यले सिरहामा प्रदर्शन भएको छ । बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले सदरमुकाम सिरहामा प्रदर्शन गरेका हुन् ।

सिरहा क्याम्पसबाट पूर्ण ब्रह्म कवीर उपासक समाज शाखा कार्यालय मिर्चैयाको अगुवाइमा सदरमुकाम सिरहामा प्रदर्शन गरिएको हो। समाजका संयोजक हरिगोविन्द दासले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाबस्वरूप र्‍याली निकालेको बताए ।

बद्ढो भ्रूणहत्या रोक्नुपर्ने, जातिप्रथा र छुवाछुतको अन्त हुनुपर्नेमा आफूहरूको जोड रहेको संयोजक दासले बताए। सिरहा क्याम्पस परिसरबाट निस्किएको जुलुसले सदरमुकामको विभिन्न चोकको परिक्रमा गरेको थियो ।

समाजले आज नै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । जिल्लामा रगत अभाव कम गर्न आयोजना गरिएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय