सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले मोटरसाइकल, लत्ताकपडालगायत ७ लाख ६५ हजार २ सय रुपैयाँ मूल्यका सामान बरामद गरेको छ । बरामद सामानसँगै एक जनालाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको छ ।
बिहीबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट उक्त सामान बरामद गरेको हो ।
बरामद सामानको कुल मूल्य ७ लाख ६५ हजार २ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । सो क्रममा सिरहा नगरपालिका–१५ बुधौरा निवासी १९ वर्षीय दुर्गेशकुमार यादवलाई समेत पक्राउ गरिएको छ ।
बरामद सामान र पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय